काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडका डेपुटी सिईओमा विनोद नरसिंह श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठले सोमबार(मंसिर २७ गते) बाट नै आफ्नो कार्यभार सम्हालेका छन् ।
सन् १९९७ मा हिमालयन बैंकको अधिकृत स्तरबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेका श्रेष्ठसँग बैंक अफ काठमाडौं, कुमारी बैैक लगायतका वाणिज्य बैंकहरुको उच्च व्यवस्थापन तहको २० वर्ष लामो काम गरेको अनुभव छ ।
यसका साथै श्रेष्ठले कृषि विकास बैंकको ग्रामीण वित्त क्षेत्र विकास क्लस्टर कार्यक्रमका बजार सल्लाहकारका रुपमा समेत काम गरिसकेका छन् ।
व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) तथा शैक्षिक नेतृत्व विषय ९मानविकि संकाय० मा एमफिल गरेका छन् ।