नागरिक स्टक डिलरले साढे १ अर्बको आईपीओ जारी गर्ने, डाक्यो वार्षिक साधारणसभा

<p>काठमाडौं । नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको नागरिक स्टक डिलरले साढे १ अर्ब रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको छ । डिलरले आगामी वार्षिक साधारणसभामा सो मात्राको आईपीओ जारी गर्ने विशेष प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत अर्थात एक करोड ५० लाख कित्ता सेयर जारी गर्न लागेको हो [&hellip;]</p>

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको नागरिक स्टक डिलरले साढे १ अर्ब रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको छ । डिलरले आगामी वार्षिक साधारणसभामा सो मात्राको आईपीओ जारी गर्ने विशेष प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत अर्थात एक करोड ५० लाख कित्ता सेयर जारी गर्न लागेको हो । संस्थाले सर्वसाधारण समूहभित्र नै वर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत सेयर सहित सो मात्राको सेयर जारी गर्ने विशेष प्रस्ताव गरेको हो ।

सभाले उक्त प्रयोजनलाई आवश्यक काम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिँदै छ ।

डिलरले आगामी पुस २३ गते दिउँसो साढे ३ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा दोश्रो वार्षिक साधारणसभा आव्हान गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रूपैयाँ छ । प्रस्तावित आईपीओ पारित पश्चात संस्थाको चुक्ता पुँजी ६ अर्ब ५० करोड रूपैयाँ नाघ्ने छ ।

Share News