रिया मार्फत खल्तीमा १६० देशबाट पैसा प्राप्त गर्दा २०० बोनस

<p>काठमाडाैं । रिया मार्फत खल्तीमा १६० देशबाट पैसा प्राप्त गर्दा २०० रुपैयाँ बोनस मार्फत खल्तीमा १६० देशबाट पैसा प्राप्त गर्दा २०० रुपैयाँ बोनस पाइने भएकाे छ । खल्तीले १६० देशबाट रिया प्रयोग गरी सिटी एक्सप्रेस मार्फत पठाइएको रकम ‘खल्ती’ मा प्राप्त गर्दा २०० बोनस प्राप्त गर्ने अफर ल्याएको हाे । खल्तीमा केवाईसी प्रमाणित प्रयोगकर्ताले जुनसुकै समयमा १६० [&hellip;]</p>

काठमाडाैं । रिया मार्फत खल्तीमा १६० देशबाट पैसा प्राप्त गर्दा २०० रुपैयाँ बोनस मार्फत खल्तीमा १६० देशबाट पैसा प्राप्त गर्दा २०० रुपैयाँ बोनस पाइने भएकाे छ ।

खल्तीले १६० देशबाट रिया प्रयोग गरी सिटी एक्सप्रेस मार्फत पठाइएको रकम ‘खल्ती’ मा प्राप्त गर्दा २०० बोनस प्राप्त गर्ने अफर ल्याएको हाे ।

खल्तीमा केवाईसी प्रमाणित प्रयोगकर्ताले जुनसुकै समयमा १६० देशबाट प्रति कारोबार १ लाख रुपैयाँ सम्म प्राप्त गर्न सक्नेछन् । खल्तीकाे अनुसार प्राप्त रकम र बोनस स्वतः खल्तीमा लोड हुनेछ र एपको ट्रान्ज्याक्सन सेक्सन भित्र देखा पर्नेछ ।

पैसा पठाउनका लागि प्रयोगकर्ताले रिया एपमा गई सेन्ड मनीमा ट्याप गरेर सबै आवश्यक विवरण दाखिला गर्नुपर्नेछ र अन्त्यमा खल्ती चयन गरि रकम पठाउन सक्नेछन् । पैसा प्राप्त गर्ने व्यक्तिको हकमा भने रकम स्वतः खल्ती वालेटमा लोड हुनेछ। लोड भएको रकम ट्रान्ज्याक्सन हिस्ट्रीबाट हेर्न सकिनेछ ।

 

 

Share News