वेस्टर्न युनियन क्यास उत्सव: दशैँ र तिहारमा दैनिक २० हजार जित्न सकिने

<p>काठमाडौं । वेस्टर्न युनियनले दशैं तिहरालाई लक्षित गरेर &#8216;क्यासउत्सव&#8217; याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत असोज १ गते देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् । यस याेजनामा सहभागी हुन ग्राहकले नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट [&hellip;]</p>

काठमाडौं । वेस्टर्न युनियनले दशैं तिहरालाई लक्षित गरेर ‘क्यासउत्सव’ याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत असोज १ गते देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यस याेजनामा सहभागी हुन ग्राहकले नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट , नबिल बैंक, डिजिटेक. र सूर्य रेमिट बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार जित्नेछन् । यस बाहेक याेजना अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् ।

यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ जसमा १ जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँ जत्नेछ । हरेक उपहार रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरी भुक्तनी दिइने कम्पनीले जानकारी दिएकाे छ ।

Share News