लाभांश पारित गर्न सानिमा माई हाईड्रोले बोलायो साधारण सभा

<p>काठमाडौं । सानिमा माई हाइड्रोपावरले आगामी कार्त्तिक ११ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुक क्लोज गर्ने भएको छ । उक्त सभाले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्दै छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य नाफाबाट [&hellip;]</p>

काठमाडौं । सानिमा माई हाइड्रोपावरले आगामी कार्त्तिक ११ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुक क्लोज गर्ने भएको छ ।

उक्त सभाले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्दै छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यससँगै असोज १७ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

Share News