कुवेतको एआई मुल्ला एक्सचेन्ज र सिटी एक्सप्रेसबीच रेमिट्यान्स कारोबार सुरु

<p>काठमाडौं । कुवेतको ख्यातिप्राप्त एआई मुल्ला एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । एआई मुल्ला एक्सचेन्ज मोबाईल एप्लिकेशन सुरु गर्ने कुवेतको पहिलो रेमिटान्स कम्पनी हो जसको १०२ स्थानहरुमा शाखाहरु रहेकाे छ । कुवेतमा रहेका नेपालीहरुले एआई मुल्ला एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् [&hellip;]</p>

काठमाडौं । कुवेतको ख्यातिप्राप्त एआई मुल्ला एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । एआई मुल्ला एक्सचेन्ज मोबाईल एप्लिकेशन सुरु गर्ने कुवेतको पहिलो रेमिटान्स कम्पनी हो जसको १०२ स्थानहरुमा शाखाहरु रहेकाे छ ।

कुवेतमा रहेका नेपालीहरुले एआई मुल्ला एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

उक्त रकम नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनुकाे साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १५ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।

 

Share News