काठमाडौं । गोर्खाज फाइनान्सको स्थगित वार्षिक साधारणसभा आगामी भदौ २४ गते हुने भएको छ । भदौ ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थाको २६औं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको सोल्टीमोडस्थित होटेल क्राउन इम्पेरियलमा हुने छ ।
यसअघि संस्थाले गत बैशाख २१ गते उक्त सभा गर्ने निर्णय गरेको थियो । तर, कोभिड माहामारीको कारणले उक्त सभा स्थगित भएको थियो ।
सभामा बोनस, नगद लाभांश लगायत हकप्रद सेयर जस्ता कुनै पनि प्रस्ताव गरिएको छैन ।
हाल संस्थाको चुक्ता पुँजी ८३ करोड ७९ लाख रुपैयाँ रहेको छ ।