मानुषी लघुवित्तको आईपिओ बाँडफाँट, भाग्यमानी तीन जनाले पाए ११ कित्ता शेयर

<p>काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको शेयर सोमबार बिहान निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँट गरेको हो । गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी ३ जनाले थप एक कित्ता [&hellip;]</p>

काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको शेयर सोमबार बिहान निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँट गरेको हो ।

गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी ३ जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन्। लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदक मध्ये ९८.४७ प्रतिशत आवेदकले शेयर पाएनन् ।

संस्थाले एक सय रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको थियो ।

जसमध्ये १० करोड ९३ लाख रुपैयाँ जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५४६९ कित्ता सेयर कर्मचारी तथा सर्वसाधारणलाई छुट्याएको छ । त्यस्तै, ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ६ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएको थियो ।

हाल लघुवित्तको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड ९३ लाख रुपैयाँ र चुक्ता पुँजी ७ करोड रुपैयाँ मात्रै रहेको छ । आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने छ ।

Share News