नेपाल सहकारी बैंक ६ महिनाभित्र सञ्चालनमा आउने, उद्घाटन भयो सम्पर्क कार्यालय

<p>काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय मध्य बानेश्वरमा खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । प्रस्तावित बैकले मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई ६ महिना पछि करोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्ने [&hellip;]</p>


काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय मध्य बानेश्वरमा खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

प्रस्तावित बैकले मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई ६ महिना पछि करोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्ने भएको छ । प्रस्तावित बैंकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेका आरोप लगाउदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाइएको छ ।

नेपाली काग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैक सञ्चालनमा आउने बताए । उनले पुँजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैकको अपरिहार्य रहेको उल्लेख गरे । जहा प्रतिस्पर्धा हुन्छ त्यहा प्रगति हुन्छ, सोही आधारमा नेपाल सहकारी बैंक दर्ता प्रकृया अघि बढेको उनले जनाए ।

उनले एउटामात्र बैकले करिब ३४ हजार सहकारीलाईसमेट्न नसकेपछि नेपाल सहकारी बैंक स्थापना गर्न लागिएकोमा खुसी लागेको बताउँदै त्यसको लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग रहने उल्लेख गरे ।

प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने दाबी गरे । प्रतिस्पर्धात्मक मुलुकमा यही प्रकृतिका करिब ६ वटा बैक आवश्यक रहेको औल्याउँदै त्यसको लागि सरकारले प्रकृया अघिबढाउन सहजीकरण गर्नुपर्ने बताए । उनले राष्ट्र बैकले तोके अनुसारको सबै प्रकृया पुरा गरी अन्तिम चरणमा रहेको उल्लेख गर्दै अब ६ महिनाभित्र अनुमतिपत्र पाएर बैंक सञ्चालनमा आउने बताए ।

भण्डारीले राष्ट्र बैंक ऐनमा सहकारी बैंकसम्वन्धी व्यवस्था पनि थप हुनुपर्ने कुरामा जोड दिँदै सहकारी बैंक थपिँदा प्रतिस्पर्धा भई प्रारम्भिक सहकारी संस्थाहरूले राम्रो सेवा पाउने र ग्रामिण क्षेत्रमा पुँजीको विस्तार गर्न सहयोग पुग्ने बताए ।

तर राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरूले भने नेपाल राष्ट्र बैंकबाट विगत चार बर्षदेखि नयाँ बैंक वित्तीय संस्थालाई लाइसेन्स नदिएकाले नेपाल सहकारी बैंकलाई पनि दिन नमिल्ने, एउटा सहकारी बैंक हुँदाहुँदै किन अर्को बैंक चाहियो ? भनेर कहि कतै अवरोध गर्ने गरेको उनको गुनासो थियो ।

साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने उनको भनाई थियो । यसअघि बैकले गत माघ १७ गते प्रारम्भिक भेला आयोजना गरी बैंक स्थापनाको प्रकया शुरु गरेको थियो ।

Share News