मालिका बचतको नाफामा ९५ प्रतिशतले वृद्धि

<p>काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था काठमाडौंले गत आर्थिक वर्ष २०७७/७८ मा उल्लेख्य प्रगति गरेको छ । संस्थाले सो अवधिमा सेयर पुँजी ५ प्रतिशतले वृद्धि गरी १० करोड ४० लाख रुपैयाँ पुर्याएको छ । यस्तै संस्थाकाे बचत संकलन ३५ प्रतिशतले वृद्धि भइ ५६ करोड रुपैयाँ पुगेको अध्यक्ष जनक धामीले जानकारी दिए । अघिल्लो [&hellip;]</p>

काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था काठमाडौंले गत आर्थिक वर्ष २०७७/७८ मा उल्लेख्य प्रगति गरेको छ । संस्थाले सो अवधिमा सेयर पुँजी ५ प्रतिशतले वृद्धि गरी १० करोड ४० लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै संस्थाकाे बचत संकलन ३५ प्रतिशतले वृद्धि भइ ५६ करोड रुपैयाँ पुगेको अध्यक्ष जनक धामीले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा संस्थाको ऋण लगानी ३० प्रतिशतले वृद्धि भएको बताइएको छ । संस्थाको वासलत ७५ करोड रुपैयाँ छ । आउने आर्थिक वर्षमा वासलत १ अर्ब पुर्याउने संस्थाको लक्ष्य रहेको धामी बताउँछन् ।

संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा नाफामा समेत ९५ प्रतिशतले वृद्धि गरेको छ । कोरोना महामारीको समयमा समेत संस्थाले नाफा र अन्य वित्तीय विवरणमा उल्लेख्य सुधार गर्न सफल भएको अध्यक्ष धामीले जानकारी दिए । संस्थामा जगेडा तथा अन्य कोष २ करोड भन्दा बढीको छ ।

काठमाडौंको कुलेश्वरमा प्रधान कार्यालय रहेको सहकारीको सेवा केन्द्रहरु सुन्धारा र मैतीदेवीमा रहेको छ । सहकारीमा २५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

 

Share News