आइसिएफसि फाइनान्सकाे डेपुटी प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ

<p>काठमाडाैं । आइसिएफसि फाइनान्सले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठलाई नियुक्त गरेको छ । फाइनान्सले श्रेष्ठलाई भदाै १ गतेदेखि लागु हुने गरी उक्त पदमा नियुक्त गरेकाे हाे । श्रेष्ठ विगत १३ वर्षदेखि आइसिएफसि फाइनान्समा विभित्र विभागहरुमा रहेर काम गरिरहेका छन् । उनले आफ्नो बैंकिङ्ग करियरको सुरुवात नेपाल एसबिआई बैंकबाट गरेका थिए । उनले काठमाडाैं युनिभर्सिटीबाट एमबीए गरेका [&hellip;]</p>

काठमाडाैं । आइसिएफसि फाइनान्सले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठलाई नियुक्त गरेको छ । फाइनान्सले श्रेष्ठलाई भदाै १ गतेदेखि लागु हुने गरी उक्त पदमा नियुक्त गरेकाे हाे ।

श्रेष्ठ विगत १३ वर्षदेखि आइसिएफसि फाइनान्समा विभित्र विभागहरुमा रहेर काम गरिरहेका छन् । उनले आफ्नो बैंकिङ्ग करियरको सुरुवात नेपाल एसबिआई बैंकबाट गरेका थिए । उनले काठमाडाैं युनिभर्सिटीबाट एमबीए गरेका हुन् ।

बैकिङ्ग क्षेत्रमा १९ वर्षको अनुभव रहेको उनले आइसिएफसि फाइनान्समा नायव प्रबन्धक पदबाट आफ्नो कार्यभार सम्हालेका थिए ।

 

Share News