काठमाडाैं । सनराइज म्युचुअल फण्डले आर्थिक वर्ष ०७७/०७८ का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीलाई कर सहित ५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेकाे छ ।
म्युचुअल फण्डले ५० प्रतिशत का दरले हुन आउने ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय गरेकाे हाे । यसका साथै फण्डले ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना छिटै प्रकाशित गर्ने जानकारी दिएकाे छ ।
सनराइज म्युचुअल फण्ड सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको फण्ड हाे ।