काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल २२० बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको तथ्यांक अनुसार जेठसम्म कुल २ सय २० बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल भएका हुन् ।
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ जेठ मसान्तसम्म कुल यसमध्ये १६६ संस्थाहरुको इजाजत खारेज हुन गई ५४ संस्था कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।