काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष दीपक खनालले मंगलबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष खनालले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।
गत चैत २० गते सम्पन्न डिप्रोक्स लघुवित्त वित्तीय संस्थाकाे १९ औँ वार्षिक साधारणसभाबाट खनाल सञ्चालक भएका थिए । उनी लुम्बिनी विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा बनेकाे हुन् । त्यसपछि बसेको सञ्चालक समितिको बैठकले खनाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
खनाल लुम्बिनी बिकास बैंकमा कार्यरत छन् ।