कालिका लघुवित्तले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्था गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव फागुन २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी [&hellip;]</p>

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्था गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव फागुन २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६को नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश (१२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद) वितरण गरेको थियो ।

Share News