सुलभ अग्रवालविरुद्ध सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता

<p>काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल विरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ । उनी विरूद्द मंगलबार सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरिएकाे हाे । लकडाउनको समयमा महंगो मूल्यमा थर्मल गन बिक्री गरी कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । अग्रवाल ३ हजार मूल्य पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दा गर्दै चैत २५ [&hellip;]</p>

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल विरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ । उनी विरूद्द मंगलबार सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरिएकाे हाे ।

लकडाउनको समयमा महंगो मूल्यमा थर्मल गन बिक्री गरी कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । अग्रवाल ३ हजार मूल्य पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दा गर्दै चैत २५ गते नक्सालबाट पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दाको थुनछेक बहस बुधबार हुने बताइएकाे छ ।

प्रहरीले पक्राउ गर्दा बरामद गरेका थर्मल गन तथा सवारीसाधन जफत गर्न पनि माग गरिएको छ । यसअघि उनलाई ३ पटकसम्म म्याद थप गरी २२ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

Share News