काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले भारतमा लकडाउन बढ्न सक्ने संकेत गरेका छन् । मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दा धेरैजसो मुख्यमन्त्रीले लकडाउन बढाउनुपर्ने मत राखेका हुन्।
यसकारण पनि उनले लकडाउन बढ्न सक्ने संकेत गरेका छन् । दिल्लीमा आइतवार १९० नयाँ सङ्क्रमण पुष्टि भएको छ भने कुल सङ्क्रमितको सङ्ख्या २९,४६५ पुगेको छ।
भारतभरि अहिलेसम्म ९३४ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ। बीबीसी नेपाली