एभरेष्ट बैंकले सार्वजनिक गर्यो २०७७ सालको ई-क्यालेन्डर

<p>काठमाडौं । एभरेष्ट बैंकले वि.सं २०७७ को आफ्नो ई-क्यालेन्डर सार्वजनिक गरेको छ । हाल विश्वभरि फैलिएको कोभिड-१९ को विशम परिस्थितीलाई ध्यानमा राखी एभरेष्ट बैंकले आफ्नो ई-क्यालेन्डर सार्वजनिक गरेको हाे । हालको कठिन परिस्थितीमा बैंकले सबैलाई ई-क्यालेन्डर प्रयोग गरी नेपाल सरकारलाई यस कोभिड-१९ को रोक्थाममा सहयोग पुर्याउनको लागि मद्दत गर्न अनुरोध गरेको छ । यस कोभिड-१९ [&hellip;]</p>


काठमाडौं । एभरेष्ट बैंकले वि.सं २०७७ को आफ्नो ई-क्यालेन्डर सार्वजनिक गरेको छ । हाल विश्वभरि फैलिएको कोभिड-१९ को विशम परिस्थितीलाई ध्यानमा राखी एभरेष्ट बैंकले आफ्नो ई-क्यालेन्डर सार्वजनिक गरेको हाे ।

हालको कठिन परिस्थितीमा बैंकले सबैलाई ई-क्यालेन्डर प्रयोग गरी नेपाल सरकारलाई यस कोभिड-१९ को रोक्थाममा सहयोग पुर्याउनको लागि मद्दत गर्न अनुरोध गरेको छ । यस कोभिड-१९ को माहामारीको रोक्थाम भए पश्चात मात्र बैंकले आफ्नो प्रिन्ट गरेको क्यालेन्डर वितरण गर्ने छ ।

यस नयाँ वर्षको ई-क्यालेन्डर “मन्दिरको शहर: हाम्रो सम्पदा, हाम्रो धरोहर, हाम्रो पहिचान” को मुख्य विषय अन्तर्गत सार्वजनिक गरीएको हो । (बैंककाे क्यालेन्डर हेर्न यसमा क्लिक गर्नुहाेस्)

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्गन गरिएको बैंकको रुपमा चयन भएको छ ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राजस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटीएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News