धितोपत्र बोर्डले भन्योः बजार खोल्नु भनेको छैन, प्रधानमन्त्रीको कुरा नटेरेर आफै जोखिम लिनेलाई हामीले के भन्ने ?

<p>काठमाडौं । पुँजी बजारको नियामक निकाय निकाय धितोपत्र बोर्डले आज सेयर बजार बन्द रहने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गत शुक्रबार गरेको सम्बोधन अनुसार आज बजार बन्द भएको र कसैले आफैले जोखिम लिएर बजार खोलेमा त्यो विषयमा केही बताउँन नसकिने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । ‘प्रधानमन्त्रीले शुक्रबार गर्नुभएको सम्बोधन अनुसार [&hellip;]</p>

काठमाडौं । पुँजी बजारको नियामक निकाय निकाय धितोपत्र बोर्डले आज सेयर बजार बन्द रहने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गत शुक्रबार गरेको सम्बोधन अनुसार आज बजार बन्द भएको र कसैले आफैले जोखिम लिएर बजार खोलेमा त्यो विषयमा केही बताउँन नसकिने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।

‘प्रधानमन्त्रीले शुक्रबार गर्नुभएको सम्बोधन अनुसार आज सेयर बजार बन्द हो, खोल्नुपर्ने कारण भए हामीले खोल्न बेग्लै निर्देशन दिने थियौं, बजार खोल्न निर्देशन नदिनु भनको आज बजार बन्द नै हो, कसैले आफ्नै रिस्कमा बजार खोलेको भए त्यो उसैको कुरा हो,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने ।

आज बजार खोल्नुको अर्थ सरकारको निर्णयको अवज्ञा गर्नुभएको पनि अध्यक्ष ढुंगानाले बताए ।

‘विश्वभर फैलिएको कोरोनो संक्रमणबाट बच्नको लागि सरकारले पहल गरेको छ, सरकारको आग्रह र निर्देशनको अवज्ञा गरेर कसैले बजार खोल्छ भने बेग्लै कुरा हो, प्रधानमन्त्रीको निर्देशन नै नमान्नेहरुलाई मैले अहिले थप केही भन्न सक्दिनँ,’ ढुंगानाले भने ।

प्रधानमन्त्री ओलीले गत शुक्रबार सरकारकाे नाममा सम्बाेधन गर्दै चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेक बाँकी सेवाहरू बन्द गर्न आग्रह गरेकाे थियाे । सरकाले तयार पारेकाे राजपत्रकाे सूचीमा सेयर बजार अत्यावश्यक सेवामा परेकाे छैन । त्यसैले आजदेखि सेयर काराेबार हुनु पर्ने हाे ।

‘प्रधानमन्त्रीकाे सम्बाेधनले बजार स्वतः बन्द हाे । अब बजार खाेल्नु पर्ने भएचाँहि बाेर्डकाे निर्देशन चाहिन्थ्याे । अहिले हामीले खाेल्ने कुरा गरेकै छैन ।’- ढुंगानाले थपे।

तर सरकारकाे विपरित पनि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार सेयर बजार खाेलेकाे छ ।

Share News