
काठमाडौं । अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले करको भुक्तानीकाे अवधि सार्ने तयारी भइरहेको बताएका छन् । बिहिबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा गरिएकाे पत्रकार सम्मेलनमा बाेल्दै उनले साे कूरा बताएका हुन् ।
उनले हाल काेरेाना भाइरसकाे कार केही समयकाे लागि कर भुक्तानी सार्ने विषयलाई सरकारले गम्भीर रूपमा लिएकाे उनले बताए । काेरेानाका कारण उद्योगी व्यवसायीलाई समस्या परेको बताउँदै करको अवधि लम्ब्याउने बताएका हुन् ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएसँगै व्यवसायलाई सरकारले सहयोग गर्नुपर्ने दायित्वलाई मनन् गर्दै करलाई केही पर सार्ने कुरा अगाडि बढाइएकाे उनकाे भनाइ छ।