डा. भगवान कोइरालाकाे याेजना: साढे दुई अर्ब लगानीमा सातै प्रदेशमा बाल अस्पताल

<p>काठमाडौं । नेल्सन मण्डेलाले भनेका छन्– ‘समाजले मुल्यांकन उसले आफ्नो बच्चालाई कसरी हेरचाह गर्छ भन्ने कुराले चरितार्थ गर्दछ ।’ यसले पनि बुझ्न सकिन्छ कि समाजले अथवा अभिभावकले बच्चालाई कत्तिको र कसरी हेरचाह गर्नु पर्छ भनेर । यही भनाइलाई आत्मसाथ गर्दै नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोईरालाले देशभरका सात प्रदेशमा बाल अस्पताल निर्माणमा जुटेका छन् [&hellip;]</p>

काठमाडौं । नेल्सन मण्डेलाले भनेका छन्– ‘समाजले मुल्यांकन उसले आफ्नो बच्चालाई कसरी हेरचाह गर्छ भन्ने कुराले चरितार्थ गर्दछ ।’
यसले पनि बुझ्न सकिन्छ कि समाजले अथवा अभिभावकले बच्चालाई कत्तिको र कसरी हेरचाह गर्नु पर्छ भनेर । यही भनाइलाई आत्मसाथ गर्दै नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोईरालाले देशभरका सात प्रदेशमा बाल अस्पताल निर्माणमा जुटेका छन् ।

उनी हाल १८ वर्षभन्दा मुनिका बालबालिकाको लागि गैर–नाफामुलक बाल अस्पताल निर्माणमा जुटेका हुन् । लामो समय नेपालको चिकित्सा क्षेत्रमा काम गरेका कोइराला देशका बालबालिमा हुने विभिन्न रोग तथा समस्याहरुलाई मध्यनजर गर्दै बाल अस्पताल निर्माणमा जुटेका हुन् । उनी काठमाडौं ईन्स्टिच्युट अफ चाईल्ड हेल्थमार्फत अस्पताल निर्माणमा लागेका हुन्।

बालबालिकाको स्वास्थ्य सेवा क्षेत्र पहुँचयोग्य, सस्तो र भरपर्दा बनाउनको लागि आफुहरुले यो कदम लिएको डा. कोईराला बताउँछन् ।
‘अहिले कुनै बालबालिका अचानक गम्भीर बिरामी भयो भने उसलाई कहाँ लैजाने भन्ने विषय अलमलको विषय हो,कान्ति बाल अस्पतालले पनि राम्रो सेवा दिइरहेको छ तर पनि त्यहाँ चापको कारणले हामीले चाहेको जस्तो सबै सेवा उपल्बध हुुन्छ भन्ने हामी विश्वस्त हुन सक्दैनौं’, उनले भने ।

यी विभिन्न विषयलाई मध्येनजर गर्दै बालबालिकालाई मात्र केन्द्रित गरेर आफुहरु अस्पताल निर्माण गर्न अघि बढेको उनको भनाइ छ ।
उनले निर्माण गर्न लागिएको अस्पतालले मूख्यतः पाँचवटा सिद्धान्तह लिएको बताउँदै पैसाको कारणले कुनै पनि १८ वर्ष भन्दा मुनिका बालबालिकालाई उपचारमा तल माथि नपर्ने गरी अस्पतालले सुनिश्चितता गर्ने बताए ।

उनले सातै प्रदेशमा अस्पताल निर्माण गरी उपचारमा सरलता उपल्बधता, पहुँच र सर्वसुलभता कायम गर्ने बताए । उनले पहिलो चरणमा काठमाडौंमा अस्पताल निर्माण गर्ने बताए । काठमाडौंमा निमार्ण हुने अस्पतालका लागि ६० करोड रुपैयाँ आवश्यक भएको उनको भनाइ छ । दोस्रो चरणमा काठमाडौंको अस्पतालमा थप विशेषज्ञता सेवाहरु थप्ने उनले बताए ।

अस्पतालले तेस्रो चरणमा सातै प्रदेशमा स्याटलाईट अस्पतालको निमार्ण गरी काठमाडौंलाई हब अस्पतालको रुपमा कार्य अगाडि बढाउने रणनीति रहेको छ । हाल बाल अस्पताल निर्माणको पहिलो चरणमा छ । पहिलो चरणमा अस्पतालले काडियोथोरीक केयर अन्तगर्त मुटु र फोक्सोको सर्जरी तथा प्रत्यारोपण गरेका बालबालिकाहरुलाई उपचार गरिने बताइएको छ ।

त्यस्तै, अस्पतालले ओन्कोलोजी अन्तगर्त बाल क्यान्सरको उपचार तथा सर्जरी गरिने र बालबालिकाको हेरचाह पनि गर्ने बताइएको छ । हरेक वर्ष नेपालामा प्रत्येक १० हजार बालबालिकामा १ देखि १ं.५ प्रतिशतमा क्यान्सर देखिने गरेको छ । यसमा ११ सय देखि १६ सय नयाँ केस रहेको बताइन्छ ।

अस्पतालले बालबालिकाको मानसिक स्वास्थ्य अन्तगर्त मनोचिकित्सा सेवा उपल्ब्ध गराई थेरापी र काउन्सिलिङको व्यवस्था गर्नेछ । सन् २०१२ को अनुमानित डाटा अनुसार १६ देखि २९ वर्षका मानिसहरुमा आत्माहत्याको दर प्रत्येक १ लाखमा २५ं.८ जना रहेको छ । यस्ता विधि सेवाहरु दिई अस्पताललाई अगाडि बढाउने उनको योजना छ ।

काठमाडौंमा पहिलो चरणको अस्पतालको भवन निमार्णमा ६० करोड लाग्ने डा. कोईरालाले बताएका छन् । हालसम्म अस्पतालका उपकरणहरुको लागि विदेशी संस्थाहरुसँग कुरा भइसकेको कोइरालाले बताए । यस बाहेक सातै प्रदेशमा अस्पताल निर्माण गर्न २ अर्ब लाग्ने उनले बताए । एक प्रदेशमा अस्पताल निर्माण गर्न ३० करोड रुपैयाँ आवश्यक रहेको उनको भनाइ छ ।

हालसम्म पाएको सहयोग

डा. कोइरालाले हालसम्म १ करोड रुपैया जम्मा भइसकेको बताएका छन् । उनले बाल अस्पताल निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग आउने प्रक्रिया रहेको बताए । यस्तै, हालसम्म सवा १ करोड सहयोगका लागि लिखित भइसकेको बताए । सहयोगका लागि कूराकानी करिब ७ करोडसमम् भइसकेको बताए ।

यस्तै भौतिक सहयोग अन्तर्गत नेपाल सरकारले ४० रोपनी जग्गा भाडामा दिएको छ । पोखरा महानगरपालिकाले पनि ३० वर्षको लागि निशुल्क दुई तल्ले भवन र ३७ सय रोपनी जग्गा सहयोग गरेको छ । डा. कोइरालाले सन् २०२२ को अन्त्यसम्म अस्पताल निर्माण कार्य सक्ने बताए । आफुसँग अन्य अस्पतालको अनुभव रहेकोले सकेसम्म सबै काम समयमा नै हुने उनको दाबी छ ।

४० रोपनीमा काठमाडौंमा निर्माण हुने अस्पताल एक सय शैयाको हुनेछ भने प्रदेशका अस्पताल ५० शैयाका हुनेछन् । नेपालमा १८ वर्ष भन्दा मुनिका बालबालिकाको संख्या सवा करोड रहेको छ । यो कुल जनसंख्याको ४० प्रतिशत हो । सन्ं २०१८ को डाटा अनुसार नेपालको हालको जनसंख्या करिब २ करोडभन्दा बढी छ । जसको २५ प्रतिशत गरिबीको रेखामुनि रहेको छ । नेपालमा बालबालिकाको लागि एक मात्र अस्पताल रहेको छ जुसको क्षमता ३ सय ३० बेड रहेको छ ।

को हुन् डा. भगवान कोइराला ?

डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ ग (हार्ट सर्जन) हुन् । उनी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत हुन् । नेपालमा मुटुरोगको उपचारको क्षेत्रमा डा. कोइरालाले उल्लेख्य योगदान गरेका छन् । चिकित्सकिय अभ्यासका क्रममा उनले हजारौं मुटुरोगीलाई नयाँ जीवन दिएका छन् ।

सहिद गंगलाल अस्पताललाई उचाईमा पुर्याउने उनको विशेष भूमिका छ । मुटुरोगको कूरा आउँदा डा. कोइरालाको नाम पनि सँगै जोडिएर आउँछ । बालबालिकाको स्वास्थ्यमा काम गर्ने भनेर नै आफु २१ वर्षअघि अमेरिकामा विशेष कोर्ष अध्ययनका लागि गएको समेत उनले सुनाए ।

Share News