काठमाडौं । मंगलबार प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनले नयाँ मूल्य कायम गरेसँगै बुधबार ४ सय रुपैयाँ घटेको छ ।
त्यस्तै तेजावी सुन प्रतिताेला ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।