महिला सशक्तिकरणमा कोका–कोला नेपालको सम्माननीय कदम

<p>काठमाडौं । जब तपाईं एक महिलालाई सशक्तिकरण गर्नुहुन्छ तब तपाईंले राष्ट्रलाई सशक्तिकरण गर्नुहुन्छ, यो कोका–कोला कम्पनीको अभिव्यक्ति हो । महिलाहरुले आर्थिक सम्भावित क्षमता राख्नु संसारको साझा सफलतामा बराबरको योगदानकर्ता हो भन्ने कम्पनीको विश्वास छ । कोका–कोला कम्पनी कार्यक्षेत्रमा र यसको सबै दृष्टिकोणबाट महिला सशक्तिकरणमा केन्द्रित रहेको छ । यस कार्यमा लागू गर्दै बोटलर्स नेपाल लिमिटेडले [&hellip;]</p>

काठमाडौं । जब तपाईं एक महिलालाई सशक्तिकरण गर्नुहुन्छ तब तपाईंले राष्ट्रलाई सशक्तिकरण गर्नुहुन्छ, यो कोका–कोला कम्पनीको अभिव्यक्ति हो । महिलाहरुले आर्थिक सम्भावित क्षमता राख्नु संसारको साझा सफलतामा बराबरको योगदानकर्ता हो भन्ने कम्पनीको विश्वास छ ।

कोका–कोला कम्पनी कार्यक्षेत्रमा र यसको सबै दृष्टिकोणबाट महिला सशक्तिकरणमा केन्द्रित रहेको छ । यस कार्यमा लागू गर्दै बोटलर्स नेपाल लिमिटेडले आफ्नो ग्लोबल पहल ५बाइ२० को हिस्साको रुपमा शप्कीपर ट्रेनिगं एण्ड रिसोर्स “स्टार” कार्यक्रम संचालन गर्दै आएको छ ,जसको उद्देश्य सन् २०२० सम्म ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनु हो ।

यस कार्यक्रमको उद्देश्य नेपाली खुद्रा विक्रेताहरुलाई खुद्रा व्यवसायको ४ मुख्य क्षेत्रमाः पसल व्यवस्थापन, स्टक व्यवस्थापन, ग्राहक व्यवस्थापन र वित्त व्यवस्थापनमा केन्द्रित भएर नेपालको गतिशील खुद्रा परिवेशमा सफल हुन आवश्यक सीप, प्रविधि र उपकरणहरु प्रदान गर्नु हो ।

बोटलर्स नेपालको सार्वजनिक मामिला संचार र स्थिरता टिम तथा सेल्स टिमबीचको संयुक्त सहकार्यले आजका मितिसम्म १५ शहर र नेपालका धेरै साना शहरहरुमा यो कार्यक्रम मार्फत ५हजार भन्दा बढि महिला खुद्रा विक्रेताहरुलाई प्रशिक्षण दिइसकेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले नेपालमा अधिकांश खुद्रा विक्रेताहरु महिला रहेको र विशेष गरी ग्रामीण क्षेत्रका यी महिलाहरुमा आधारभूत खुद्रा विक्रेता र व्यवसायिक सीपको अभाव भएको बताए ।

साथै, ५बाइ२० कार्यक्रममार्फत हामीले खुद्रा विक्रेताहरुले आफ्नो जीवनमा सामना गरिरहेका अवरोधहरु हटाउन सहयोग र समर्थन गर्ने लक्ष्य राखी कम्पनीले निरन्तर आफ्नो भ्यालु चेनमा महिला प्रगतिलाई प्रत्सोहान गरेको प्रबन्ध निर्देशक पाण्डेले बताएका छन् ।

यसैगरी, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले ५० लाख महिलाहरुलाई सशक्त बनाउने जसले महिलाहरु र समुदायको जीवन परिवर्तन गर्न विश्वव्यापी मुद्दाहरुमा गहिरो र दिगो प्रभाव पार्न सहयोग पुर्याउने बताए ।

Share News