काेराेना त्रास: नेपालमा उत्पादन नहुने उपभोग्य वस्तुको मौज्दात कति ?

<p>काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण क्रम बढ्दै गएकाे छ । यसले नेपालकाे समग्र अर्थ व्यवस्थामा पनि  प्रभाव विस्तार गर्दैछ । विश्वले नै स्वास्थ्यमा चुनौती भोगिरहेकाे बेला उपभोग्य वस्तुको मौज्दातको पनि कुरा उठन थालेको छ । बजारमा व्यापारीले ग्यासलगायतका उपभोग्य वस्तुको कृतिम अभाव सुरु गरिसकेका छन् । यसले पनि सेवाग्राहीमा चर्काे मूल्य तिर्नु पर्ने बाध्यता बढाइरहेको छ [&hellip;]</p>

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण क्रम बढ्दै गएकाे छ । यसले नेपालकाे समग्र अर्थ व्यवस्थामा पनि  प्रभाव विस्तार गर्दैछ । विश्वले नै स्वास्थ्यमा चुनौती भोगिरहेकाे बेला उपभोग्य वस्तुको मौज्दातको पनि कुरा उठन थालेको छ ।

बजारमा व्यापारीले ग्यासलगायतका उपभोग्य वस्तुको कृतिम अभाव सुरु गरिसकेका छन् । यसले पनि सेवाग्राहीमा चर्काे मूल्य तिर्नु पर्ने बाध्यता बढाइरहेको छ । कोरोनाकाे संक्रमण फैलिएपछि छिमेकी देश चीनले व्यापारिक नाका बन्द गरिसकेकाे छ ।

अर्काे छिमेकी देश भारतमा पनि कोरोना संक्रमण फैलँदो क्रममा छ । चीनले जस्तै भारतले पनि संक्रमण रोक्नका लागि नाका बन्द गर्यो भने नेपालमा दैनिक उपभोग्य सामग्रीको अभाव हुने क्रम बढ्ने छ  । त्यसैले पनि अहिले  उपभोक्ताहरु उपभोग्य वस्तुको संकलनमा लागेका छन् ।

उपभोग्ताहरु एलपी ग्यास, नुन, तेल, चामलजस्ता उपभोग्य वस्तु संकलन गर्न लागिपरेका छन् । सरकारले भने बजारमा प्रशस्त खाद्यान्न र ग्यास मौज्दात रहेकाले उपभोक्ताले अतिरिक्त भण्डारण नगर्न आाग्रह गरिरहेको छ ।

नेपालसँग मौज्दात उपभाेग्य वस्तु कति छ त  ?

नुन

नेपालमा नुनको आयात तथा विक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी १० महिनासम्मलाई पुग्ने नुन मौज्दात रहेको बताएको छ । सरकारको नीति निर्देशन अनुसार कम्पनीले करीब ६ महिनालाई पुग्ने नुनको मौज्दात राख्नु पर्छ । कम्पनीका अनुसार हाल एक लाख ३६ हजार मेट्रिक टन नुन मौज्दात छ ।

हाल नेपालमा दैनिक साढे ५०० मेट्रिक टन नुन खपत हुँदै आएको छ । यस्तै, नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुनको माग रहेको कर्पोरेशनले बताउ छ ।

डिजेल र पेट्रोल

नेपाल आयल निगमले कोरोनाको संक्रमण बढ्दै गएपछि डिजेल र पेट्रोलको आयातमा समस्या नदेखिएको बताएको छ । अरु समयमा जस्तै सामान्य रूपमै इन्धनको आयात भइरहेको निगमको भनाइ छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भण्डारण क्षमता ६८ हजार ३६४ किलो लिटर रहेकाे बताए । जसले नेपालको ९ दिनसम्मको माग धान्न सक्छ ।

नेपालमा दैनिक रूपमा १५ सय देखि दुई हजार किलो लिटर पेट्रोल खपत हुँदै आएको छ । डिजेलको दैनिक माग ४ हजार किलो लिटर माग रहेको छ । डिजेल र पेट्रोलको तुलनामा नेपाली बजारमा मट्टितेलको माग खासै छैन । यसका साथै, हवाई इन्धनको माग दैनिक अधिकतम एक हजार किलो लिटरसम्म माग रहेको आयल निगमले जानकारी दिएको छ ।

चिनी

साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार उद्योगहरूमा एक लाख एक हजार मेट्रिक टन चिनी मौज्दात छ । कर्पोरेशनसँग दुई हजार ५ सय मेट्रिक टन मौज्दात र ७५ हजार मेट्रिक टन चिनी बाटोमा छ ।

चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार तीन महीनालाई पुग्ने चामल मौज्दात छ । कम्पनीले दुर्गम तथा हिमाली जिल्लामा मात्रै ४ हजार १६ मेट्रिक टन चामल मौज्दात रहेको जानकारी दिएको छ । अहिले नेपालको दैनिक माग २८५ मेट्रिक टन छ । जसअनुसार मासिक ८ हजार ५५० मेट्रिक टन माग हुन आउँछ ।

एलपी ग्यास

नेपाल आयल निगमले एलपी ग्याँस आयातकर्तालाई थप ग्यास ल्याउन अनुमति दिएको छ । सामान्य अवस्थामा नेपालमा मासिक ३८ हजार किलो लिटर एलपी ग्यास खपत हुन्छ । तर, कोरोनाको संक्रमण बढ्दै गएपछि सर्वसाधारणले कम्तीमा पनि चार/पाँच महीनालाई मौज्दात राख्न थालेका छन् । अहिलेकै अवस्थामा आयात ठप्प भएमा नेपाली ग्यास उद्योगी र व्यवसायीहरूसँग एक हप्तालाई पुग्ने ग्याँस भण्डारण छ ।

Share News