
काठमाडौं । यूनाइटेड अरब इमिरेट (यूएई) मा कार्यरत दुई नेपालीमा कोभिड–१९ (कोरोना भाईरस) संक्रमण भएको छ ।
यूएईमा पछिल्लो पटक १४ जनामा कोरोना भाइरस संक्रमण भएको र त्यसमा २ जना नेपाली नागरिक रहेको त्यहाँको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।
१४ जना मध्ये ४ जना इमिरेट्स, ३ जना इटालिइन, २ जना बंगलादेशी, २ नेपाली तथा रसिया, इन्डिया र सिरियाका १÷१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यूएईमा अहिलेसम्म ५९ जनालाई कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनबाट फैलिएकाे काेराेना भाइरक अहिलेसम्म विश्वकाे १०१ देशमा फैलिएकाे, एक लाख भन्दा बढी मानिसमा संक्रमण भएकाे र भण्डै ३ हजार ३ सय जनाले ज्यान गुमाएकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।