कालीमाटी बजार: यी हुन् प्रतिकेजी ३० रुपैयाँभन्दा कम र सयभन्दा बढी पर्ने तरकारी

<p>काठमाडौं । कालीमाटी तरकारी बजारमा पछिल्लो समय १३ प्रकारका तरकारी प्रतिकेजी १ सयभन्दा बढीमा बिक्री भइरहेको छ । त्यस्तै ७ प्रकारका तरकारी ३० रुपैयाँभन्दा कम मूल्यमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । तरकारीको मूल्य तथा खरिद विक्रीको अवस्था ध्यानमा राख्दै सबैको चाँसोको विषय रहेको तरकारीको मूल्य नेपाली बजार तताएको [&hellip;]</p>

काठमाडौं । कालीमाटी तरकारी बजारमा पछिल्लो समय १३ प्रकारका तरकारी प्रतिकेजी १ सयभन्दा बढीमा बिक्री भइरहेको छ । त्यस्तै ७ प्रकारका तरकारी ३० रुपैयाँभन्दा कम मूल्यमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

तरकारीको मूल्य तथा खरिद विक्रीको अवस्था ध्यानमा राख्दै सबैको चाँसोको विषय रहेको तरकारीको मूल्य नेपाली बजार तताएको छ । त्यस्तै सबैभन्दा उच्च मूल्यमा सेलरी ४ सय २५ रुपैयाँ र सबैभन्दा कम मूल्य प्रतिकेजी १२/१३ रुपैयाँमा मूला बिक्री भइरहेको छ ।

शनिवार गाजर प्रतिकेजी २७/२८ रुपैयाँ, बन्दा प्रतिकेजी २२/२३ रुपैयाँ, गान्टे मूला प्रतिकेजी ३० रुपैयाँ, हरियो फर्सी प्रतिकेजी २२ रुपैयाँ, रायोको साग १७/१८, पालुगो, चमसुर, तोरी, मेथी, सौफ (सबै) साग प्रतिकेजी २७/२८ रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यस्तै घिउ सिमी प्रतिकेजी १ सय १५, तितो करेला २ सय ३५, भिण्डी प्रतिकेजी १ सय १५, च्याउ (डल्ले) २ सय ७०, पुदीना प्रतिकेजी २ सय ७५, गुन्द्रक प्रतिकेजी २ सय ७५, लप्सी प्रतिकेजी १ सय ३५ रुपैयाँ, अदुवा प्रतिकेजी १ सय १५, सुकेको खुर्सानी प्रतिकेजी ३ सय ४५, हरियो लसुन प्रतिकेजी १ सय २५, सुकेको चाइनिज लसुन प्रतिकेजी ३ सय ९५ रुपैयाँ, सुकेको नेपाली लसुन प्रतिकेजी २ सय ७५ रुपैयाँमा बिक्री भइरहको छ ।

Share News