काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले समुदायसँग बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । शाखा कार्यालय बनेपामा बैंकले स्थानीय शेयरधनी, जनप्रतिनिधी, सहकारीकर्मी, उद्योगी, व्यवसायीलगायत सेवाग्राहीलाई लक्षित गरि समुदायमा बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
कार्यक्रम बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा होटल सत्यम बनेपामा सो कार्याक्रम सम्पन्न भएको छ । सेञ्चुरी बैंकले हालैमात्र संचालनमा ल्याएको वीमाको सुविधा सहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जा सम्बन्धि जानकारी शाखाप्रबन्धक सुकेश शाक्यले गराएको थियो ।
सेञ्चुरी प्लस खातामावीमा सुविधा सम्बन्धिजानकारी आईएमई जनरल ईन्स्योरेन्स बनेपाकामार्केटिङ ट्रेनी साजन सुवालले गराउनु भएको थियो । साथै बैंकको लगानीमा संचालनमा रहेको शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका लगानी ब्यवस्थापन अधिकृत सुमन गौतमले शेयर लगानी सम्बन्धि सचेतना र पोर्टफोलियो ब्यवस्थापनको सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
बचत तथाकर्जा सुविधा सम्बन्धिग्राहकहरुको जिज्ञासाको समाधान बैंकका बाग्मती प्रदेश प्रमुख अमित बज्राचार्य र सहुलियतकर्जा सम्बन्धि जिज्ञासाको समाधान बैंकका कृषि तथा विपन्नवर्ग कर्जा विभागका नियम श्रेष्ठले गर्ने भएका छन् ।
कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, सेञ्चुरी क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत झविन्द्र खत्री, कृष्णप्रसाद अस्पतालका संस्थापक संचालक डा. भुषण श्रेष्ठ, काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाशपलाञ्चोके, बनेपा नगरपालिकाका वडा अध्यक्ष तथा कर्मचारीहरु, सहकारीकर्मि, उद्योगी, व्यवसायी लगायत बैकका शेयरधनी र सेवाग्राहीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमको सभापतित्व बैंकका बाग्मतीप्रदेश प्रमुख अमित बज्राचार्यले गरेका हुन् । कार्यक्रम सञ्चालन धुलिखेल शाखाका बजार व्यवस्थापक हरिकृष्ण दाहालले गरेका थिए । बैंकले देशभर १ सय ३८ स्थानबाट बैकिङ सेवा र ८३ वटा एटिम मार्फत सेवा पुर्याउँदै आएको छ । काभ्रे जिल्लामा बैंकले सबै भन्दा बढि ७ वटा शाखा कार्यालय साँगा, नाल्दुम, नगरकोट, नाला, बनेपा, पनौती, धुलिखेल र दोलालघाटबाट ग्राहकबर्गमा अब्बल दर्जाको वित्तीय सेवा प्रदान गर्दै आएको छ ।