वेलकम परिवारले मिस नेपाल नर्थ अमेरिकासँग मनायो ‘मास्क होली’

<p>काठमाडौं । वेलकम एडभरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिले मिस नेपाल नर्थ अमेरिका, श्रेया गजुरेलसँग ‘मास्क होली’ मनाएको छ । कोरोना भाईरसले परेको मनोसामाजिक असरले गर्दा मास्क लगाएर होली मनाइएको हो । मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेले आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन जोड दिँदै, ब्यस्तताका बावजूद पनि अमेरिकाबाट नेपाल आएर वेलकम परिवारको साथमा सम्पूर्ण [&hellip;]</p>

काठमाडौं । वेलकम एडभरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिले मिस नेपाल नर्थ अमेरिका, श्रेया गजुरेलसँग ‘मास्क होली’ मनाएको छ । कोरोना भाईरसले परेको मनोसामाजिक असरले गर्दा मास्क लगाएर होली मनाइएको हो ।

मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेले आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन जोड दिँदै, ब्यस्तताका बावजूद पनि अमेरिकाबाट नेपाल आएर वेलकम परिवारको साथमा सम्पूर्ण देशवाशीलाई होलीको शुभकामना प्रदान गरेकी छिन् ।

उक्त अवसरमा एडमायर नेपालकी अध्यक्ष निता पौडेलले गजुरेललाई यस सामाजिक संस्थाको मानार्थ सदस्यता प्रदान गरेकी थिइन् ।

वेलकमका संचालक निर्मलराज पौडेलले नेपालीलाई कोरोना भाइरसबाट डराउनको साटो विज्ञद्धारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर अरुलाई पनि सहायता गर्दै २०७६ को हाली, ‘मास्क होली’ बनाउन सल्लाह र सुझाव दिएका छन् ।

Share News