१८ सय रुपैयाँ बढ्यो सुन, प्रतितोला ८२ हजार ५ सय कारोबार

<p>काठमाडौं । सुनले पछिल्लो समय नयाँ रेकर्ड कायम गर्दै गएको छ । बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको १ हजार ८ सय रुपैयाँमा बढेर ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहीबार प्रतितोला ८० हजार ४ रुपैयाँमा कारोबार भएको तेजावी सुन साताको अन्तिम दिन (शुक्रबार) प्रतितोला ८२ हजार २ [&hellip;]</p>

काठमाडौं । सुनले पछिल्लो समय नयाँ रेकर्ड कायम गर्दै गएको छ । बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको १ हजार ८ सय रुपैयाँमा बढेर ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बिहीबार प्रतितोला ८० हजार ४ रुपैयाँमा कारोबार भएको तेजावी सुन साताको अन्तिम दिन (शुक्रबार) प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोलामा १० रुपैयाँ बढेर ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News