नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा बाल मन्दिरलाई सहयोग

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल बाल संगठन (बाल मन्दिर)लाई १ लाख ५० हजार रुपैंया सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मन्दिरलाई सो मात्राको सहयोग गरेको हो । बैंकले कारोबार शुभारम्भ गरेको एक वर्ष पुरा गरेको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल बाल संगठन (बाल मन्दिर)लाई १ लाख ५० हजार रुपैंया सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मन्दिरलाई सो मात्राको सहयोग गरेको हो ।

बैंकले कारोबार शुभारम्भ गरेको एक वर्ष पुरा गरेको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न इजाजतपत्र प्राप्त गरी २०७५ फाल्गुण २२ गतेदेखि कारोबार शुरु गरेको थियो ।

उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचीव गणेश भक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

काठमाडौंको नयाँ बानेश्वरमा रजिष्टर्ड कार्यालय रहेको यस बैैंकको हाल अधिकृत पुँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्ने छ ।

बैंकजलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्यका साथ स्थापना भएको हो । बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

Share News