काठमाडौं । पछिल्लो समय सुनले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएकाे छ । बुधबार प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ८० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन एक्कासी २ हजार २ सय रुपैयाँ बढेर ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन २ सय रुपैयाँ बढेर प्रतितोला ८० हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी सोही मूल्य अर्थात प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।