
काठमाडौं । मेटलाइफले धनुषा जिल्लाकोे जनकपुरमा नयाँ एजेन्सी कार्यालय खोलेको छ । कम्पनीले सोमबार एक कार्यक्रमका बीच उक्त कार्यालयको उद्घाटन गरेको छ ।
उक्त कार्यालयको उद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गरेका हुन् । यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३३ वटा कार्यालय पुग्ने भएको छ ।
नयाँ एजेन्सी कार्यालय जनकपुरको भानुचोकमा रहनेछ । यसरी भएको विस्तारले धनुषाको जनकपुर क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ ।
यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन् ।