काठमाडौं । नेपालमा पछिल्लो समय टिसिएलका विद्युतीय उपकरणको माग बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टिसिएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको छ ।
नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इओएल मार्फत नेपाली बजारमा बिक्री हुने गर्छ ।
अहिले नेपालमा टिसिएल ब्राण्ड चौथौं स्थानमा पर्छ । अहिले एलइडीमा पनि युएचडी टीभीको माग बढ्दो छ । नयाँ पुस्ता प्रबिधिसँग नजिक हुने कारण उनीहरुलाई नयाँ नयाँ प्रोडक्टको फिचरको बारेमा जानकारी हुन्छ ।
स्मार्ट टिभीको जवानामा थप प्रविधिसहितको युएचडी टिभि आएकाले यसको माग बढ्दै गएको छ ।
सिजी इलेक्ट्रोनिक्सले सातै प्रदेशमा डिलर र सर्भिस सेन्टरहरु विस्तार गरी सेवा दिदै आएको छ । नेपालको ग्रामिण बस्तीदेखि ठूलो बजारसम्म सीजी इलेक्ट्रोनिक्सका सामान सजिलै पाइन्छ ।नेपाली बजारमा टिसिएलका युएचडी टिभीमा ऋट र एड गरी दुई ओटा नयाँ मोडल सार्वजनिक भएको छ ।
युएचडी टिभिमा आर्ट डिजाइन, स्मार्ट फङ्सन, भ्वाईस कमाण्ड, गुगल असिस्टेन्ट, गुणस्तरिय दृष्य, कनेक्टीभिटी तथा क्वालिटियुक्त साउण्ड छन् । आर्टका मात्र चार डिजाइन छन् ।
स्मार्ट फङ्सनमा नेटफ्लिस, युटुव, एप स्टोर, टीभि ३ पल्स समावेश गरिएको छ । यूएचडी टिभिमा ब्लुतुथ, वाइफाइ, एचडीआई र युएसवी जडान गर्न मिल्छ ।
अहिले विश्व बजारमा यसको माग अत्याधिक बढेको कम्पनीले जनाउदै आएको छ । टिसिएल प्यानल, मोडुलस, सेट र व्याकलाइट क्षमतामा उत्पादन भएको हो । सन २०१६ मा नै आइएचएस मार्फत उत्पादनको आधारमा विश्वको टप तीनमा परेको थियो ।
विश्वमा टिसिएल ब्राण्ड मुल्याकन २००७ मा ४०।१३६ अर्ब आरएमबी रहेकोमा १० वर्षमा बढेर ८०६।५६ अर्ब आरएमबी पुगेको छ ।
टिसिएलको २३ वटा आरएण्डडि सेन्टर ७५ हजार कर्मचारी २१ वटा म्यानुफ्याक्चरीङ बेस, १६० वटा विश्व बजारमा आप्mनो व्यापार विस्तार गरेको छ । कम्पनीले आगामी दिनमा अझ यसका विश्वमा उत्कृष्ट टिभि नेपाली बजारमा ल्याउन लागेको छ ।