आइतबार सुनको मूल्य प्रतिताेला ५ सय रुपैयाँले बढ्यो

<p>काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको साताको शुरुवातमा ५ सय रुपैयाँ बढेर ७६ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको छ । गत शुक्रबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन आइतबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको साताको शुरुवातमा ५ सय रुपैयाँ बढेर ७६ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

गत शुक्रबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन आइतबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी गत शुक्रबारको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर ८ सय ८५ रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

Share News