
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले धादिङ्गको दार्खामा समुदायसँग अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कुकुमेन्दु आमा समूहकी अध्यक्ष सुन्दरी तामाङ्गको अध्यक्षतामा तथा खनियाबास गाँउपालिकाका अध्यक्ष रणब तामाङ्गको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा गाँउपालिकाका अध्यक्ष तामाङ्गले आगामी दिनमा संस्थालाई गाँउपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

साथै, यस संस्थाको आगमनले यस क्षेत्रको सामाजिकआर्थिक रुपान्तरण संगै महिला सशिक्तिकरण, वित्तीय चेतना र रोजगारीको सिर्जनाले खनियाबास गाँउपालिकाको विकासमा पूलको काम गर्नेमा आफू विश्वस्त भएको बताए ।
उक्त कार्यक्रममा स्थानिय आमा समूह, स्वास्थ्य स्वयम् सेबिका लगायत १२० भन्दा बढिको सहभागिता रहेको थियो ।