गण्डकी विकास बैंकले एकैदिन सञ्चालनमा ल्यायो ३ नयाँ शाखा

<p>काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन तीन नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार मात्र काठमाडौंको ठमेल कपुरधारा, जनकपुरको जनकपुरधाम र बर्दियाको बाँसगढीमा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा संख्या ९५ पुगेको छ । हाल विकास बैंकको कुल चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन तीन नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार मात्र काठमाडौंको ठमेल कपुरधारा, जनकपुरको जनकपुरधाम र बर्दियाको बाँसगढीमा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

यससँगै बैंकको शाखा संख्या ९५ पुगेको छ ।

हाल विकास बैंकको कुल चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्ममा कुल निक्षेप ३४ अर्ब २५ करोड रुपैयाँ संकलन गरी २७ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Share News