
काठमाडौं । सिभिल बैंकको भीमसेनस्थान शाखाको उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शुक्रबार(माघ २४ गते) एक समारोहबीच गरेका हुन् ।
उद्घाटन समारोहमा उनले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमाफर्त बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तीय योगदान पुर्याएमा देश आफै समृद्ध हुने बताए ।
कार्यक्रममा काठमाडाैं महानगरपालिका वडा नं २० का वडाअध्यक्ष राजेन्द्र मानन्धरले आफुले बैंकलाई आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने बताए । उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिको लागी काम गर्ने बताए ।
सिभिल बैंकका अध्यक्ष इ.इच्छा राजतामाङ्गे सिभिल बैंक समाज संग निकट भएर संचालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भए बमोजिम शाखाको परिचयपाटीदेखि लिएर उद्घाटन समारोहको ढाँचापनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताए ।

समारोहका अध्यक्ष तथा सिभिल बैंकका अध्यक्ष इ.इच्छा राजतामाङ्गबाट परोपकार आदर्श मा. बि.को कक्षा ९मा अध्ययनरत सुनी राईलाई बैंकको सि.यस.आर.प्रोग्रामअन्तर्गत मासिक ३ हजार रुपैयाँका दरले १ वर्षको जम्मा ३६ हजार रुपैयाँको आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका छन् ।
साथै कामपा वडा नं २०कै सर्वाधिक ज्येष्ठ नागरीक ९९ वर्षीय मायादेवी नकर्मी कार्यक्रममा आउन असमर्थ भएको कारणले गर्दा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बागमती प्रदेशका प्रमुख भोलाबहादुर बिस्ट तथा शाखा प्रबन्धक प्रदीप हमाल निजकै निवासमा गई सम्मान गरेका छन् ।
बैंकले हाल १०६ वटा शाखाहरु तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखा रहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।