एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’, ७ सय मिनेटको भ्वाइस प्याक

<p>काठमाडौं । एनसेलले नजिकिदै गरेको प्रणय दिवसको अवसरमा प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । जसमार्फत एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । यो अफरमा ग्राहकले मात्र १ सय रुपैयाँ (कर सहितमात्र १२७.६९) मा ७ सय मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस [&hellip;]</p>

काठमाडौं । एनसेलले नजिकिदै गरेको प्रणय दिवसको अवसरमा प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । जसमार्फत एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् ।

यो अफरमा ग्राहकले मात्र १ सय रुपैयाँ (कर सहितमात्र १२७.६९) मा ७ सय मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् । यो भ्यालेन्टाइन अफर यही शुक्रबार (माघ २४) देखि लागु हुनेछ र ३ महिनासम्म संचालनमा रहनेछ ।

यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफर अन्तर्गत ग्राहकले कर सहितमात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् । यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिनसम्म समयावधि रहनेछ । ग्राहकले एस्ट्रिक्स१७११८ एस्ट्रिक्स२एस्ट्रिक्स३ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन् ।

यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

Share News