काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आउदै गरेको भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ । शाओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के२० प्रोमा ३ हजार रुपैयाँसम्मको भारी छुट दिने घाेषणा गरेकाे थियाे । जसको मूल्य छुटपछि ४६ हजार ९ सय ९९ रहेको छ ।
शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीहरुका लागी आदर्श उपहार हुनेछ । उपहारका लागि स्मार्टफोनहरु रोजाइमा पर्ने क्रम बढिरहेको छ र खासगरी प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुनेछ ।
हाम्रो भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई विशेष बनाउन रु ४९ हजार ९ सय ९९ मूल्यको रेडमी के २० प्रो अब रु ४६ हजार ९ सय ९९ मा ८जीबी प्लस २५६ जीबीमा नेपालभर उपलब्ध हुनेछ ।
यो अफरहरु सबै अफलाइन स्टोर, डराज डट कम डट एनपी र सस्तोडिल डट कम मा उपलब्ध हुनेछ । प्रयोगकर्ताहरुले १४ फ्रेब्रुअरी, २०२० सम्म यस अवसरको लाभ लिन सक्नेछन् ।