
काठमाडाैं । भिडोल लुब्रिकेन्ट्स ब्राण्डको लागि विगत ५ वर्षदेखि टाइड वाटर आयल कम्पनी (इण्डिया) लिमिटेडको आधिकारीक आयातकर्ता र वितरकको रुपमा भी.जी ल्युव प्रा.लि. रहेको छ । भिडोल ब्राण्डले विश्वको धेरै महत्वपूर्ण लुब्रिकेन्ट बजारहरुमा लामो इतिहास बोकेको छ ।
विश्वभरी लाखौं सवारी चालकहरुले एक न एक पटक तिनीहरुका कार, मिनिभ्यान, एसयूभी, ट्रक, मोटरसाइकल, कमर्शियल र रिक्रियसनल गाडीहरुमा भिडोल लुब्रिकेन्ट प्रयोग गरेका हुन्छन् । सन् १९२८ देखि टाइड वाटर भारतीय लुब्रिकेन्ट्स उद्योगमा अग्रणी खेलाडीको रुपमा उभिन सफल छ । यसले भिडोल ब्राण्डको लुब्रिकेन्ट्स उत्पादन र बजारीकरण गर्दछ ।
यसका ६० वितरक, ६५० भन्दा बढि प्रत्यक्ष डिलरहरु र ५० हजार भन्दा बढि खुद्रा आउटलेटहरु छन् । यसको मोटरवाहन उत्पादनको भण्डारमा ट्रकहरु, ट्र्याक्टरहरु, वाणिज्य सवारीहरु, प्यासेन्जर कारहरु र टू अथवा थ्री व्हिलरहरुको लागि इञ्जिन तेलहरु समावेश छन् । यसले इञ्जिन ओयल, गियर ओयल, ट्रान्सिमिशन ओयल, कुल्यान्ट्स र अटोमोवाइलका लागि ग्रीसहरु पनि उत्पादन गर्दछ । यसको नेटवर्क अन्तर्गत् भारतभरी ५ ओटा प्लान्टहरु र १३ ओटा डिपोहरु पर्दछन् ।
टाइड वाटर ओयलले जिनियस ओयल अटोमोटिव र औद्योगिक उपकरण क्षेत्रका केही प्रतिष्ठित ब्राण्डहरु जस्तै रोयल इन्फिल्ड, हिरो, होण्डा, यामाहा, कोबेल्को, महिन्द्रा अर्थ मास्टर्स, आइसर, इसुजु, होण्डा कार्स, रेनो, बीएमडब्लू, मर्सिडिज बेन्ज इत्यादीहरुमा आपुर्ति गर्दछ । भी.जी. ल्यूब प्रा.लि. विशाल समूहको एउटा हिस्सा हो ।
भिडोल लुब्रिकेन्ट डिलर मिट २०२० जनवरी ३०, २०२० मा होटल बेभर्ली प्लाजा, पताया, थाइल्याण्डमा आयोजना गरिएको थियो ।
कार्यक्रम पछि भिडोल इन्टरनेशनल बिजनेशका जनरल म्यानेजर भरत प्रधान, सीईओ विवेक विजुक्छे र व्यवसाय प्रमुख दिनेश खनालले प्रस्तुतीकरण गरे । प्रस्तुतीकरणमा विश्वभर भिडोलको यात्रा देखाइएको थियो । यसले एक शताब्दीभन्दा लामो इतिहास देखायो । भरत प्रधानले नयाँ लुब्रिकेन्ट प्याक प्रस्तुत गरे । यसैबीच व्यवसाय प्रमुख खनालले बजारमा नयाँ योजना ल्याए । प्रस्तुतीकरण पश्चात् अन्तर्क्रियात्मक प्रश्न र उत्तरहरुको पालो आयो जहाँ डिलरले उनीहरुको व्यवसाय विस्तार गर्ने अवसर पाए । मनोरन्जनका लागि सबै सहभागिहरुलाई खेल खेलाइएको थियो जसमा ३ जना विजेताहरुका लागि नगद पुरस्कारको व्यवस्था पनि गरिएको थियो ।
आर्थिक वर्ष ७५/७६ को विश्लेषण अनुसार नेपालका भिडोल लुब्रिकेन्ट्सका सबै डिलरलाई एप्रिसिएशन टोकन हस्तान्तरण गरिएको थियो र तिनीहरुको प्रदर्शनका आधारमा वर्ग अलग गरिएको थियो । टू व्हिलर, पीसीएमओ, डीईओ, गियर र ट्रान्समिशन तथा जिनियस ओयल तर्फ उत्कृष्ट प्रदर्षकको श्रेणीमा सिखर लिंक ट्रेडिङ्ग ललितपुर, सृजना अटो सेवा धरान, वानस्टप अटोमोवाइल धनगढी, सृजना अटो सेवा, सिखर लिंक ट्रेडिङ्ग क्रमशः परेका थिए । यस बीचमा अर्को टोकन पनि समग्र प्रदर्षकलाई प्रदान गरिएको थियो । रामजानकी जनकपुरले कास्य सर्वश्रेष्ठ बिक्रेता डिलर, सिखर लिंक ट्रेडिङ्गले सिल्वर बेस्ट सेलिंग डिलर र सृजना अटो सर्भिसले उत्कृष्ट प्रदर्षकको श्रेणी प्राप्त गरेर गोल्ड ट्रफी जितेका थिए ।