
काठमाडौं । आगामी चैत ६ गतेदेखि १० गतेसम्म भुकृटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ ।
४ दिन हुने उक्त मेला अन्तर्राष्ट्रिय व्यापार मेला, नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह–आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा आयोजना हुनेछ ।
३ सयभन्दा बढी स्टल रहने उक्त मेलामा ५ देशले स्टल बुकिङ्गका लागि पत्राचार गरिसकेका छन् । उक्त मेलामा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरु, एनटीआइएस प्रोडक्टहरु रहने छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० लाई समेत सफल बनाउन मेलामा नेपालका पर्यटन गन्तव्य स्थलको प्रचार प्रसार तथा छलफल कार्यक्रम गर्ने मेला आयोजकले जनाएका छन् ।
१ लाखले उक्त मेलाको अवलोकनकर्ताहरुको अवलोकन गर्ने लक्ष्य रहेको छ । यस वर्ष मेलाको टिकट दर ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थीको ३० रुपैयाँ छ । त्यस्तै अपाङ्ग तथा जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको मेला संयोजक दिपसुन्दर श्रेष्ठले बताए ।
गत वर्षको अन्तर्राष्ट्रिय व्यापार मेला २०१९ मा एक लाखभन्दा बढी स्वदेशी तथा विदेशी नागरिकले मेला अवलोकन गरेका थिए ।