
काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेस्ले दशैं, तिहार तथा छठपर्वको अवसरमा ल्याएको “दशैं ल्यायो” नामक योजनाका विजेताहरुको नाम घोषित गरेको छ ।
यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेसको खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुका लागि आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो ।
कम्पनीले यस योजना अन्तर्गतका विजयी ग्राहकहरुको नाम आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । विजयी ग्राहकहरु मध्ये पाल्पाका घन बहादुर सरुले बुटवलकाे भाटभटेनीबाट खरिद गरेका बाल्ट्रा एप्लाइन्सेस्मा बम्पर उपहार स्वरुप बाल्ट्राको ५५ इञ्च स्मार्ट टि.भी. जित्न सफल भएका छन् ।
त्यसैगरी उक्त योजना अन्तर्गत २ जनाले ४० इञ्च टि.भी., ३ जनाले ३२ इञ्च टि.भी., ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राईस कुकर, र १५ जनाले आइरन जस्ता आकर्षक उपहारहरु जितेका छन् ।
बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको छ ।