काठमाडौं । सुनको मूल्य एकै दिन प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
पछिल्लो समय निरन्तर सुनको मूल्य वृद्धि भएसँगै बिहीबार प्रतितोला ७६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ७६ हजारमा बिक्री भइरहेको छ ।
बुधबार १० रुपैयाँ बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।