ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो थप दुई शाखा

<p>काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप दुई शाखा कार्यालय सञ्चालमा ल्याएको छ । बैंकले माघ ९ गते बिहीबारबाट काठमाडौंको बालुवापाटी र कापिलवस्तुको गुरुद्वारा रोडमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । दुई नयाँ शाखाहरु सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप दुई शाखा कार्यालय सञ्चालमा ल्याएको छ । बैंकले माघ ९ गते बिहीबारबाट काठमाडौंको बालुवापाटी र कापिलवस्तुको गुरुद्वारा रोडमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

दुई नयाँ शाखाहरु सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल बैंकले २६९ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News