काठमाडौं । मुलुकको अर्थतन्त्रमा सबै भन्दा धेरै करिब एक तिहाई योगदान प्रदेश नम्बर ३ ले गर्दै आएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा ३४ खर्ब ६४ अर्बको अर्थतन्त्रमा प्रदेश ३ को योगदान १४ खर्ब ३२ अर्ब रुपैंयाँ रहेको छ ।
यद्यपी सबै भन्दा कम हिस्सा भने कर्णाली प्रदेशको रहेको छ । जीडीपीमा कर्णाली प्रदेशको हिस्सा जम्मा १ खर्ब १९ अर्ब रुपैंयाँ मात्रै छ । अध्ययन अनुसार अर्थतन्त्रमा १ नम्बर प्रदेशको हिस्सा ५ खर्ब ५ अर्बको रहेको छ । २ नम्बर प्रदेशको हिस्सा भने ४ खर्ब ४४ अर्ब रुपैंयाँ बराबरको रहेको छ ।
गण्डकी प्रदेशको हिस्सा २ खर्ब ८८ अर्ब रुपैंयाँको छ भने पाँच नम्बर प्रदेशको हिस्सा ४ खर्ब ५२ अर्ब रुपैंयाँको हिस्सा रहेको छ । अर्थतन्त्रमा सुदुरपश्चिम प्रदेशको हिस्सा भने २ खर्ब २० अर्ब रुपैंयाँको रहेको छ ।