नेपालीको आम्दानी ३३ सयले बढ्यो, आर्थिक वृद्धिदर ६.८१ प्रतिशत

<p>काठमाडौं । चालु आर्थिक वर्षमा ६.८१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने भएको छ ।  केन्द्रिय तथ्यांक विभागले ८ महिनाको आर्थिक अवस्थालाई समेटेर तयार पारेको प्रतिवेदनले यो बर्ष अर्थतन्त्रको वृद्धिदर ६.८१ प्रतिशत हुने प्रारम्भिक प्रक्षेपण गरेको हो । सो आर्थिक वृद्धिदरसँगै नेपाली अर्थतन्त्र(जीडीपी)को आकार ३४ खर्ब ६४ अर्ब ३१ करोड ९० लाख रुपैंयाँको हुनेछ । विभागले [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षमा ६.८१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने भएको छ ।  केन्द्रिय तथ्यांक विभागले ८ महिनाको आर्थिक अवस्थालाई समेटेर तयार पारेको प्रतिवेदनले यो बर्ष अर्थतन्त्रको वृद्धिदर ६.८१ प्रतिशत हुने प्रारम्भिक प्रक्षेपण गरेको हो । सो आर्थिक वृद्धिदरसँगै नेपाली अर्थतन्त्र(जीडीपी)को आकार ३४ खर्ब ६४ अर्ब ३१ करोड ९० लाख रुपैंयाँको हुनेछ ।

विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय लेखा प्रतिवेदनका अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय ३० डलर अर्थात ३ हजार ३ सय ६३ रुपैंयाँले बढेर १०३४ डलर पुग्नेछ । हाल नेपालीको प्रतिव्यक्ति आम्दानी १००४ डलर रहेको छ । अब नेपालीहरुको बार्षिक औषत आम्दानी १ लाख १५ हजार ९ सय २१ रुपैंयाँ हुनेछ । जुन हालसम्म १ लाख १२ हजार ५ सय ५८ रुपैंयाँ मात्रै रहेको छ ।

नेपालको जीडीपी ३४ खर्ब ६४ अर्ब ३१ करोड ९० लाख पुगेको प्रतिवेदनमा उल्लेख छ । विभागले पहिलो पटक सातै प्रदेशको तथ्याङ्क सार्वजनिक गरेको हो । नेपालको अर्थतन्त्रमा प्रदेश ३ को योगदान ४० प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ ।

Share News