मेलम्चीमा ‘मौन प्रधानमन्त्री’, किन लत्रियो दुई तिहाई ?

<p>काठमाडौं । ‘ठेकेदार भाग्यो, मेलम्चीको काम रोकियो, ठेकेदार भाग्दैमा मेलम्ची रोकिँदैन, हामी ल्याएर छाड्छौं ।’, बैशाख ९ गते नेकपाको ७० औं स्थापना दिवसमा प्रधानमन्त्री ओलीले गरेको घोषणा हो यो । तर उनले यस्तो घोषणा गरिरहँदा नै बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको चार महिना बितिसकेको थियो । ‘ड्रिम प्रोजेक्ट’का रुपमा स्थापित मेलम्चीको काम चार महिनासम्म [&hellip;]</p>

काठमाडौं । ‘ठेकेदार भाग्यो, मेलम्चीको काम रोकियो, ठेकेदार भाग्दैमा मेलम्ची रोकिँदैन, हामी ल्याएर छाड्छौं ।’, बैशाख ९ गते नेकपाको ७० औं स्थापना दिवसमा प्रधानमन्त्री ओलीले गरेको घोषणा हो यो । तर उनले यस्तो घोषणा गरिरहँदा नै बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको चार महिना बितिसकेको थियो ।

‘ड्रिम प्रोजेक्ट’का रुपमा स्थापित मेलम्चीको काम चार महिनासम्म रोकिँदा पनि प्रधानमन्त्री भने अझै मौन छन् । ‘बल प्रधानमन्त्रीको कोटमा छ, चार महिनादेखि काम रोकिएको छ, तर पनि दुई तिहाईको सरकारले कुनै कदम चालेको छैन’, खानेपानी मन्त्रालयका पूर्व सचिव भिमप्रसाद उपाध्यायले भने । उनले प्रधानमन्त्रीको मौनताले अचम्ममा पारेको पनि बताए ।

मेलम्चीको सुरुङ र हेड वक्र्सको निर्माण जिम्मेवारी लिएको इटालियन कम्पनी सिएमसीले डिसेम्बर १४ तारिखका दिन ठेक्का तोडेको थियो । सोही दिनदेखि मेलम्चीको काम रोकिएको हो । दुई तिहाई बहुमत भएको सरकारसँग संबिधान र कानुनसमेत तुरुन्तै संसोधन गर्ने सामथ्र्य रहन्छ । तर शक्तिशाली नेकपाका अध्यक्ष समेत रहेका दुई तिहाई बहुमतधारी प्रधानमन्त्री केपी ओली मेलम्ची खानेपानी आयोजनामा लत्रिएका छन् । कि त उनी लत्रिएका हुन कि त उनले मेलम्चीबारे सोच्दै नसोचेको हुन सक्छ ।

मेलम्चीको बाँकी काम छोटो बाटोबाट सम्पन्न गर्न संसदको विकास तथा प्रविधि समितिले माघ १४ गते नै फास्ट ट्रयाकबाट काम गर्न मार्ग प्रशस्त गरेको थियो । समितिले सार्वजनिक खरिद ऐनको बिशेष व्यवस्थाको उपयोग गरेर निर्माण प्रक्रिया अघि बढाउन भनेको थियो ।

एडीबी र इप्टिसाको खाका तयार
मेलम्ची खानेपानी आयोजनामा उत्पन्न पछिल्लो परिस्तिथीपछि ऋण दाता एसियाली विकास बैंक(एडिबी)ले आयोजनाको बाँकी काम सम्पन्न गर्नेबारे योजना तयार पारेको छ । एडिबीले बाँकी काम बिभिन्न १० वटा प्याकेजमा स्वदेशी निर्माण व्यवसायीबाटै गराउन सकिने सुझाव सहितको प्रतिवेदन मार्च ७ तारिखका दिन अर्थमन्त्रालयमा बुझाएको हो ।

त्यस्तै, परामर्श दाता कम्पनी इप्टिसाले पनि मार्च २१ का दिन मेलम्ची खानेपानी विकास समितिलाई आयोजनाको बाँकी काम सम्पन्न गर्ने सम्बन्धी विस्तृत योजना बुझाएको छ ।
एडिबी र इप्टिसाले तयार पारेको प्रतिवेदनमा मेलम्चीको बाँकी काम गर्न करिब एक वर्ष लाग्न सक्ने बताएका छन् । मेलम्चीको सुरुङ र हेड वक्र्स लगायतका काम गर्न अझै २ अर्ब ५० करोड भन्दा बढी रकम आवश्यक पर्ने र सन २०१९ को डिसेम्बरमा मात्रै निर्माण सम्पन्न हुने उनीहरुको निष्कर्ष छ ।

सरकार बेखबर
तर आयोजनाको मुल नेतृत्व अर्थात मेलम्ची खानेपानी विकास समितिले भने बाँकी काम सम्पन्न गरेर पानी ल्याउने सम्बन्धी कुनै योजना बनाएको छैन् । ‘एडिबी र इप्टिसाले आ आफ्नो योजना बुझाएका छन, हामी भने अझै अध्ययन नै गरिरहेका छौं’, मेलम्ची खानेपानी विकास समिति उच्च श्रोतले भन्यो ।

Share News