अविवाहित वा दक्ष पार्टनर हुनेलाई अष्ट्रेलियाको भिसा पाउन सजिलो

<p>अष्ट्रेलिया। अष्ट्रेलियाको संघीय सरकारले अप्रावासन भिसालाई संशोधन गरी नयाँ भिसा प्रणाली लिएर आएको छ। अष्ट्रेलियाको अध्यागमन, संस्कृतिक तथा नागरिक मामिला मन्त्रालयका अनुसार सब क्लास ४९१ भिसा र जेनेरल स्कील्ड माइग्रेसन भिसालाई संशोधन गरिएको हो। यस भिसा प्रणाली अनुसार अप्रावासीलाई पोइन्ट्सको आधारमा भिसा दिईनेछ। पोइन्ट्सहरू आवेदकको क्षमतासँग जोडिएको विशेषताहरुको आधारमा दिईनेछ। आप्रावासन योजनाको मुख्य उद्देश्य नै [&hellip;]</p>

अष्ट्रेलिया। अष्ट्रेलियाको संघीय सरकारले अप्रावासन भिसालाई संशोधन गरी नयाँ भिसा प्रणाली लिएर आएको छ। अष्ट्रेलियाको अध्यागमन, संस्कृतिक तथा नागरिक मामिला मन्त्रालयका अनुसार सब क्लास ४९१ भिसा र जेनेरल स्कील्ड माइग्रेसन भिसालाई संशोधन गरिएको हो। यस भिसा प्रणाली अनुसार अप्रावासीलाई पोइन्ट्सको आधारमा भिसा दिईनेछ।

पोइन्ट्सहरू आवेदकको क्षमतासँग जोडिएको विशेषताहरुको आधारमा दिईनेछ। आप्रावासन योजनाको मुख्य उद्देश्य नै देशलाई आर्थिक रुपमा अझै सम्पन्न गराउनु भएकोले देशमा ठूलो आर्थिक योगदान पुर्याउने आवेदकलाई सबैभन्दा बढी अंक दिईनेछ।

कसले कति पोइन्ट्स पाउने ?
१। दक्ष पार्टनर भएकालाई १० पोइन्ट्स
२। अस्ट्रेलियामा बसेका परिवारले स्पोन्सर गरेको व्यक्तीलाई १५ पोइन्ट्स
३। विज्ञान, टेक्नोलोजी, ईन्जिनियरिङ र गणित बिषयमा योग्यता भएकालाई १० पोइन्ट्स
४। पार्टनर नभएकालाई बढी  १० पोइन्ट्स
५। पार्टनरको अंग्रेजीमा राम्रा भएकालाई बढी  १० पोइन्ट्स

नयाँ प्रणाली अनुसार दक्ष पार्टनर भएकालाई १०, अस्ट्रेलियामा बसेका परिवारले स्पोन्सर गरेको व्यक्तीलाई १५,  विज्ञान, टेक्नोलोजी, ईन्जिनियरिङ र गणित बिषयमा योग्यता भएकालाई १० अंक दिइने छ । त्यस्तै,  पार्टनर नभएकालाई  १० र पार्टनरको अंग्रेजीमा राम्रा भएकालाई बढी १० अंक दिइने छ ।

अप्रावासी विशेषज्ञ चमन प्रितले यो भिसा परिवर्तनको फाइदा दक्ष पार्टनर भएका र बिहे नभएकालाई दुवैलाई हुने बताए। नयाँ प्रणालीले पार्टनर नभएकाहरुलाई थप १० अंक दिने उनले बताए।

यद्यपी प्राथमिकता भने दक्ष पार्टनर अथवा पार्टनर नभएकोलाई दिईनेछ। त्यस्तै आवेदकको पार्टनर कम दक्ष र अंग्रेजीमा कमजोर भएको अवस्थामा कम अंक दिईनेछ। नयाँ प्रणाली १६ नोभेम्बर, २०१९ बाट लागू एसबिएसले जनाएकाे छ ।

Share News