काठमाडौं । यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६लाई लक्षित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म जित्न सकिनेछ । सो अफर चैत २५ देखि लागू भएको छ र आगामी बैशाख मसान्तसम्म सञ्चालन हुनेछ ।

डर्टर क्रुजर बाइकमा ख्याती कमाइ सकेको यूएम बाइक उचित मूल्य र शानदार पर्फमेन्सका लागि लोक प्रिय छन् । नेपाली बजारमा यूएमका डीएस आर २००, डीएस आर २३०, हाइपरस्पोर्ट २५० र रेनेगेड सिरिजका बाइक उपलब्ध छन् । नेपाली बजारमा भएका १८० देखि ३०० सीसीका क्रुजर बाइकहरु उल्लेखनिय संख्यामा बिक्री भएको आईएमई अटोमोटिभ्सले जानकारी दिएको छ ।
विगत ५ वर्षको दौरानमा कम्पनीले यी बाइकहरुलाई अपग्रेड गर्नुका साथै विभिन्न सेवाद्वारा सन्तुष्टि प्रदान गरिरहेको कम्पनीको दावी छ।
अमेरिकी बाइक निर्माता कम्पनी यूएमको रुम गैरी धारामा सरेको छ। नेपालमा यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले जमलमा रहेको थियो । ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ सोरुम स्थानान्तरण गरिएको कम्पनीले बताएको छ । यूएमका बाइक राम्रो पिक अप, माइलेजर पर्फमेन्सको लागि पनि लोक प्रिय छन् । कम्पनीले यूएमका मर्चेन्डाइज तथा गियरहरु पनि रुममा आकर्षक रुपमा सजाएर राखेको छ ।
नेपालमा उपलब्ध यूएमका बाइक मध्ये डीएस आर २०० को मूल्य ४ लाख, डीएस आर २३० को मूल्य ४ लाख ३५ हजार, हाइपरस्पोर्ट २३० को मूल्य ४ लाख ४५ हजार, रेनेगेडस्पोर्ट १८० को मूल्य २ लाख ९९ हजार, रेनेगेडकमान्डो ३००को मूल्य ६ लाख १४ हजार ररेनेगेडस्पोर्ट एस ३०० को मूल्य ६ लाख २२ हजार रुपैयाँ छ।