सरकार आर्थिक क्रान्तिका लागि जस्तो सुकै कदम चाल्न तयार छः प्रधानमन्त्री

<p>काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि जस्तो सुकै कदम चाल्न सरकार तयार गरेको बताएका छन् । उनले भने-‘देशमा औद्योगिक वाताबरण बनाउन ऐन कानून संसोधन/परिमार्जन गर्न सरकार तयार छ ।’ नेपाल उद्योग परिसंघको १६ औँ साधारण सभालाई सोमबार राजधानीमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । उद्योग क्षेत्रको प्रवद्र्धन [&hellip;]</p>


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि जस्तो सुकै कदम चाल्न सरकार तयार गरेको बताएका छन् । उनले भने-‘देशमा औद्योगिक वाताबरण बनाउन ऐन कानून संसोधन/परिमार्जन गर्न सरकार तयार छ ।’ नेपाल उद्योग परिसंघको १६ औँ साधारण सभालाई सोमबार राजधानीमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । उद्योग क्षेत्रको प्रवद्र्धन र

आर्थिक क्रान्तिलाई अघि बढाउने सवालमा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग बाणिज्य महासंघ जस्ता निजी क्षेत्रका संघसंस्थासँग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए । देशले अभाव र समस्य झेल्दै आएका बताउँदै विगतमा जनता निराश भएपनि अब आशावादी बन्दै गएको उनको भनाई थियो । मुलुकको संविधान, कानून, नियम बदल्न सकिने बताउँदै उनले भने–मुलुकमा विकासको लहर सिर्जना गर्न निजी क्षेत्रपनि उत्साहित भएर अघि बढ्नु पर्छ । आगामी ४ वर्षमा आर्थिक क्रान्तिको माध्यमबाट मुलुकका नागरिकलाई निरपेक्ष गरीबी रेखाबाट माथि उकास्ने उनले बताए ।

उक्त कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका संघसंस्थाहरुलाई एक हुन आह्वान गरे । भर्खरै सकिएको लगानी सम्मेलनबाट सरकार उत्साहित भएको बताउँदै अर्थमन्त्री खतिवडाले अब काम गर्ने बेला आएको बताए । कार्यक्रममा उद्योगी तथा सांसद विनोद चौधरीले आर्थिक क्षेत्रलाई अगाडि बढाउन सबै क्षेत्र सकारात्मक हुँदा समेत सरकारले सोचेजति काम गर्न नसकेको बताए ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माको अध्यक्षतामा साधारण सभा उद्घाटन भएको हो । सो अवसरमा अध्यक्ष शर्माले अहिलेको सरकराले पनि काम गरेन भने देश पछाडि पर्ने बताए । उनले भने-देशलाई अघि बढाउका लागि उद्योगीहरुले अबिभावक खोजि रहेका थिए, अहिले देशमा स्थिर सरकार बनेको छ, यो सरकारले पनि काम गर्न सकेन भने देश पछि पर्छ ।

अध्यक्ष शर्माले मेरो बुवाको पालाको कानुन खारेज गरेर नयाँ कानुन बनाउन आवश्यक छ रहेको बताए । बिश्व बजारसग प्रतिस्पर्धा गर्न प्रविधि चाहिएको छ । सबै मिलेर काम गर्यौँ भने मुलुक बन्न धेरै समय लाग्दैन-उनले भने ।

Share News